यस्तो सर्तमा जाँदैछन् मधेशवादी दल सरकारमा -
Comments Add Comment

यस्तो सर्तमा जाँदैछन् मधेशवादी दल सरकारमा

९ माघ , काठमाडौ । संसद्मा प्रतिनिधित्व गर्ने चार मधेसवादी दल सरकारलाई समर्थन गरे पनि सरकार बाहिरै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई चारवटै मधेसवादी दलले विश्वासको मत दिए पनि उनीहरूका विभिन्न माग पूरा नभएपछि उनीहरू सरकारबाहिरै रहेका बताइन्छ । स्रोतका अनुसार ती दलमध्ये कोही मन्त्रालयको बार्गेनिङमा छन् भने कोही उपराष्ट्रपति त कोही सरकारमा सहभागी हुनुभन्दा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा रहेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा), डा। सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएका थिए ।

तर, यी चारवटै दल अहिले सरकारबाहिर छन् । प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तासाझेदार नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । तर, उनीहरूको छुट्टाछुट्टै माग सम्बोधन नहुँदा सरकारबाहिरै रहेका हुन् । सत्तारूढ गठबन्धनबाट असन्तुष्टि भए पनि उनीहरूले सभामुख र उपसभामुखको निर्वाचनमा सत्तारूढ गठबन्धनकै साझा उम्मेदवारलाई मतदान गरेका थिए । संघमा जस्तै उनीहरूले प्रदेशतर्फ समेत सत्तारूढ गठबन्धनमै सहभागी हुँदै सहकार्य गर्दै आएका छन् ।

जसपाको नजर उपराष्ट्रपतिमा
प्रचण्डलाई विश्वासको मत दिएको जसपा उपराष्ट्रपति पाउनुपर्ने अडानमा छ । तर, सत्तारूढ दलका बीचमा भएको सहमतिनुसार उपराष्ट्रपति नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को भागमा परेको छ । माओवादी केन्द्रले उपराष्ट्रपति जसपालाई दिन मानेको छैन ।

शक्ति बाँडफाँटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले ‘गोप्य सहमति’ गरेको जसपाको आरोप छ । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषय टुंग्याउन बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा अध्यक्ष यादव असन्तुष्टि व्यक्त गर्दै बीचमै उठेर हिँडेका थिए । अहिले जसपा अध्यक्ष यादव कहिले प्रचण्ड त कहिले ओलीलाई छुट्टाछुट्टै भेटेर असन्तुष्टि व्यक्त गर्दै छलफल गरिरहेका छन् ।

आइतबार ओलीसँग भेटेका यादवले समेत सोही असन्तुष्टि व्यक्त गर्दै उपराष्ट्रपति जसपाले पाउनुपर्ने अडान व्यक्त गरे । ओलीले अहिले सरकारमा सहभागी हुन आग्रह गर्दै र पछि बाँकी कुरा मिलाउँदै जाने आश्वासन दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds