१२ माघ , काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर दिपायलले बुधबार एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको छ ।
२२ औं सशस्त्र प्रहरी दिवसको अवसरमा जिल्लामा हुने गरेको रगत अभावमा केही सहजताहोस भन्ने हेतुले ब्यारेकभित्र रक्तदान कार्यक्रमको आयोजना गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर दिपायलका प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताए । दिवसको अवसरमा ब्यारेकभित्र संचालन भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको समेत प्रहरी नायब उपरीक्षक सिंहले जनाकारी दिए ।
जिल्ला अस्पताल डोटीको प्राविधिक टोलिको सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदान गरेको रगत जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।
डोटी जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालहरुमा आपतकालिन अवस्थामा रगत चाहिएमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट नै रक्तदान गर्ने गरेको पाइन्छ ।



