Comments Add Comment

Advertisment

SKIP THIS

शिक्षामन्त्रीको राजीनामा माग्दै पुत्ला दहन

१३ माघ , काठमाडौ । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गर्दै राजीनामा मागेका हुन्। एकदेखि कक्षा पाँचसम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले विरोध गरेको हो।

गरीब विद्यार्थीको खिलाफमा निजीलाई पोस्ने मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप विद्यार्थीहरूले लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment