Comments Add Comment

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक रद्द : संयमित हुन नेता कार्यकर्तालाई आह्वान

१३ माघ , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित पार्टीको बैठक रद्द गरेको छ । सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गरेसँगै पार्टीले पुर्वनिर्धारित बैठक रद्द गरेको हो।

केन्द्रीय समितिको निर्णय बमोजिम पर्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो । यस्तै संगठन विस्तारका सबै कार्यक्रमहरू पनि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जनाएका छन् ।

साथै पार्टीका लागि चुनौतीको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुलाई संयमता साथ प्रस्तुत हुन समेत अनुरोध गरिएको छ ।

rrr

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment