Comments Add Comment

Advertisment

SKIP THIS

एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्ने पूर्वसशस्त्र प्रहरी पक्राउ

१५ माघ , काठमाडौ । भक्तपुरमा एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका-३ ठकुरी गाउँ झौखेलका ३४ वर्षीय राजन मल्ल पक्राउ परेका हुन् । उनी २०६१ सालमा भर्ना भएका सशस्त्र प्रहरीको पूर्व कर्मचारीसमेत रहेको प्रहरीले बताएको छ ।

मल्लले माघ ११ गते बुधबार राति ९ बजे एटीएमभित्र प्रवेश गरी मेसिन फुटाउन खोजेको र असफल भई छाडी आएको देखिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।

हाल मुक्तिनाथ विकास बैंकको गार्डका रूपमा रहेका उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धम्बाराहीका रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै