इन्टरपोलको सम्मेलनमा भाग लिन आईजीपी सिंह आबुधावी जाने -
Comments Add Comment

इन्टरपोलको सम्मेलनमा भाग लिन आईजीपी सिंह आबुधावी जाने

२१ माघ , काठमाडौ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को एक कार्यक्रममा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावी जाने भएका छन् ।

आगामी मंगलबार देखि बिहिवारसम्म आबुधावीमा हुने इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन आईजीपी सिंह सोमबार बिहान प्रस्थान गर्ने कार्यक्रम तय भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त सम्मेलनमा विशेष गरि आर्थिक अपराध, साइबर अपराध, आतंकबाद र मानव बेचबिखन नियन्त्रण सम्बन्धमा छलफल हुने बताइएको छ । इन्टरपोलमा आवद्ध एसियाली देशका प्रहरी प्रमुखहरु सहभागी हुने कार्यक्रम सकिएपछी आईजीपी सिंह भारतको हैदराबाद जाने कार्यक्रम रहेको छ ।

भारत हैदराबादको नेशनल पुलिस एकेडेमीमा आयोजित आइपिएस अफिसरहरुको पास आउट समारोहमा सरिक हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment