हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन् ।
आइतबार आयोजित एक कार्यक्रमकाबीच प्रदेश प्रहरी प्रमुख डीआईजी थापाले जिल्ला प्रहरी कार्यालय चितवनको वस्तुस्थितिको जानकारी लिनुका साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको जानकारी लिएका हुन ।

निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् डीआईजी थापाले चितवन जिल्लाको भौगोलिक संवेदनशीलता लाई मनन् गरी तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।



