Comments Add Comment

Advertisment

SKIP THIS

अपराध अनुसन्धान कार्यालयले न्युरोडबाट साढे ७८ लाखसहित दुई हुण्डी कारोबारी पक्राउ

अपराध अनुसन्धान कार्यालयले  ७८ लाख ५० हजार रुपैयाँसहित न्युरोडबाट दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–९ घर भई काठमाडौं बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलाली गोदावरी नगरपालिका–१० घर भई बिजुलीबजार बस्ने ५९ वर्षीय दीपेन्द्रबहादुर मल्ल छन्।

राष्ट्र बैंकले जारी गरेको निर्देशनविपरीत इजाजतपत्र नलिई वित्तीय कारोबार (हुन्डी) गरेको पाइएपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

शुक्रबार अपरान्ह ५ बजे कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको कार्यालय प्रमुख एसएसपी मनोज केसीले बताए।

पक्राउ परेका मल्ल विगत पाँच वर्षदेखि र चौधरी चार महिनादेखि न्युरोड क्षेत्रमा रहेका विभिन्न व्यक्तिहरूबाट हुण्डीको रकम संकलन गर्ने र बैंक डिपोजिटमार्फत् रकम व्यवस्थापन गर्दै आएको खुलेको छ।

उनीहरू अर्का एक व्यक्तिको मातहतमा बसे दैनिक एक करोड भन्दामाथिको रकम कारोबार गर्ने गरेको केसीले बताए।

उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै