Comments Add Comment

Advertisment

SKIP THIS

आफ्नै होटलमा काम गर्ने युवतीलाई बलात्कार गर्ने होटलका संचालक बस्नेतलाई प्रहरीले पक्राउ

काठमाडौं : आफ्नै होटलमा काम गर्न राखेको युवतीलाई बलात्कार गरेको आरोपमा गोरखाको बाह्रकिलोबाट १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ का होटल संचालक ४१ बर्षका ईश्वर बस्नेत भएको गोरखा प्रहरीले पुष्टी गरेको छ ।

बस्नेतले फागुन १५ गते बिहान ११ः३० बजेको समयमा आफ्नै होटलमा काम गर्ने ‘ल कुमारी’ नाम परिवर्तनलाई जबरजस्ती करणी गरेको भन्दै पिडित आफैले प्रहरील उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक रबिन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार पिडित महिलाले फागुन १८ गते उजुरी दिएपछी सोही दिन पक्राउ परेका बस्नेतलाई आइतबार जबरजस्ती करणी कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लािग म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै