Comments Add Comment

बागलुङ जिल्लाका इन्स्पेक्टर भुपेन्द्र गिरी पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुपेन्द्र गिरी जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा इन्स्पेक्टर गिरीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

इन्स्पेक्टर गिरीले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन नियन्त्रण, ट्राफिक सचेतना अभिबृद्धि, महिला हिंसा न्यूनीकरण लगायतका २७२ वटा कार्यक्रम संचालन गर्नुका साथै फरार अपराधी पक्राउ गर्न महत्वपूर्ण भूमीका निर्वाह गरेका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये सर्वोत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिनामा पुरस्कृत गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै