२४ माघ , काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको दैनिक कार्यसम्पादन अनुगमन गर्नुभएको छ ।
निरीक्षण तथा अवलोकन पश्चात् प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राईले निस्शुल्क एवं नागरिक मैत्री प्रहरी सेवा प्रवाह, तस्करी नियन्त्रण ,वस्तुनिष्ठ अपराध अनुसन्धान, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौट र फरार अपराधी पक्राउलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ ।



