२ फागुन , काठमाडौ । पार्टी कार्यालय बसुन्धरामा सोमबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ जना केन्द्रीय सदस्य थप गरेको छ ।
केन्द्रीय सदस्यमा करिव १०० जनाको नाम सिफारिस गरिए पनि कार्यदलले टुंग्याएर सिफारिसअनुसार १६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
पार्टीको केन्द्रीय सदस्य बन्नेहरुमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले तत्काल सरकारमा नजाने निर्णय पनि गरेको छ ।






