Comments Add Comment

Advertisment

SKIP THIS

ल्होत्सेका मोवाइल व्यवसायीको माग- यातायात मजदुरको चोर्ने नियत देखियो, राज्यले क्षतिपूर्ति देओस्

नेपाल मोवाइल व्यवसायी संघले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेको ल्होत्छे मलको मोबाइल पसल लुटपाट हुँदा ८ करोडभन्दा बढीको क्षति भएको बताएको छ ।

नेपाल मोवाइल व्यवसायी महासंघले आज स‌ंयुक्त पत्रकार सम्मेलन गर्दै मोवाइल लुटपाट हुँदा ८ करोड भन्दा बढि क्षति भएको र भाैतिक क्षति भएको जनाएको छ । आफनो दुईवटा मोवाइल पसल गोदाम र सर्भिस सेन्टरको मोवाइल चोरी भएको नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष अर्जुन चालिसेले न्युज24ग्यालेक्सीलाई बताए  ।

सोमबार बेलुका यातायात मजदुरहरु नयाँ बसपार्क क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा बालाजु बसपार्क क्षेत्र हिंसात्मक बनेका थियो । दिनभर आन्दोलित बनेको यातायात मजुदरहरुले नयाँ बसर्पाकको ल्होत्छे मलमा रहेको मोवाइल पसल तोडफोड गरी मोवाइल चोरी गरेर लगेका थिए ।

उनको सोमबार राति मोवाइल पसलमा यातायात मजदुरको आन्दोलनमा तोडफोड गरी मोवाइल पसल चोरी भएको थियो । उनले भने,‘दुई महिनाको स्टक रहेको मोवाइल चोरी भएको हो । पार्टपूर्जा पनि चोरी भएको छ । ग्राहकको मोवाइल बनाउन दिएको मोवाइल बढी चोरी भएको छ । भोलिदेखि कसरी काम गर्ने ? राज्य छ कि छैन भन्ने भएको छ ।’

यस घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने बताए । उनले थपे,‘ हामी आन्दोलनमा सहभागी भएका पनि थिएनौं । पसल बन्द गरेर गएपछि तोडफोड गरेर मोवाइल चोरी गरेको र साथै पैसा पनि चोरी हुँदा ठूलो नोक्सानी भएको छ । ल्होत्छे मलमा रहेको मोवाइल पसल तोडफोड गरेर चोरी गर्ने यातायात व्यवसायीलाई जति निन्दा गरेपनि पुग्दैन । आन्दोलन भन्दा पनि चोर्न नियत रहेको देखिन्छ ।’

यसको जिम्मा यातायात व्यवसायीले जिम्मा लिनुपर्नें उनको माग छ । सुरक्षा निकाय लाचार देखिएको भन्दै उनी आक्रोशित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै