धादिङ , ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरी निरीक्षक सहितको प्रहरी टोलिले चितुवाको सिंगो छाला सहित दुई जनालाई पक्राउ गरेको छ ।
धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं . २ स्थितबाट मकवानपुर जिल्ला कैलाश गाउँपालिका देखी महादेववेशी तर्फ आउने आग्रा मोरीया सडकमाबाट संरक्षित वन्यजन्तु चितुवाको सिंगो छाला सहित दुई जनालाई ईलाका प्रहरी कार्यालय खानिखोलाको प्रहरीले पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तु चितुवाको सिंगो छाला बिक्रि गर्न खोजिरहेको भन्ने गोप्य सूचनाको आधारमा
ईलाका प्रहरी कार्यालय खानिखोलाबाट इन्स्पेक्टर डबल बहादुर बमको कमाण्डमा खटिएको प्रहरी टोलीले feibang laptop backpack लेखीएको कालो रंगको भिर्ने झोला भित्र पिङ्क रंगको कमलको फुलको चित्र भएको नया चामल लेखीएको बोरामा राखेको संरक्षित चितुवाको सिंगो छाला प्रहरीले फेला पारी उनिहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं १ चापाखर्क बस्ने वर्ष ३० को दिपक मोक्तान र सोही ठाँउमा बस्ने वर्ष ४५ को सुबेन्द्र मोक्तान रहेको ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रमुख इन्स्पेक्टर डबल बहादुर बम बताए ।
घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय खानिखोलाबाट थप अनुसन्धान भईरहेको इन्स्पेक्टर डबल बहादुर बमले जानकारी दिएका छन् ।


