Comments Add Comment

Advertisment

SKIP THIS

पर्यटकहरुको सुरक्षामा बिशेष ध्यान दिन र आम सेवाग्राहीसँग समान व्यवहार गर्न डिआईजी ज्ञवालीको निर्देशन

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक श्याम लाल ज्ञवालीले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र बिकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी तवरबाट प्रहरी कार्य सम्पादन गर्न र जनचेतनाको कमिबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न समेत निर्देशन दिनु भएको छ ।

निर्देशनकै क्रममा वहाँले सर्वोच्च शिखर सगरमाथाको नामले बिश्वमा नै परिचित जिल्ला सोलुखुम्वुमा भ्रमणको लागि आउनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज बनाउन पर्यटकहरुको सुरक्षामा बिशेष ध्यान दिन तथा आम सेवाग्राहीसँग समान व्यवहार गरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै