Comments Add Comment

Advertisment

SKIP THIS

विमानस्थलबाट भिजिट भिसाको नाममा हुने मानव तस्करको जालो तोड्दै नेपाल प्रहरी

काठमाडौं , मानव तस्करको समूहले भिजिट भिसामा विदेश लैजान लागेको आशंकामा तिन हप्तामा दुई सय जना भन्दा बढीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । प्रहरीले कडाइ गरेसँगै भिजिट भिसाका नाममा खाडी मुलुकमा काम खोज्न जाने क्रम रोकिएको छ ।

भिजिट भिसाको नाममा मानव तस्करी बढेको गुनासोपछि प्रहरीले कडाइ थालेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी जिबन कुमार श्रेष्ठले बताएका छन ।

शंकास्पद कागजपत्र भएकालाई दैनिकजसो प्रहरीले विमानस्थलबाट फर्काउँदै आएको थियो । छानबिनका क्रममा ती कागजपत्र नक्कली भएकोसमेत पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानमा कतिपय महिलालाई दुबई हुँदै सिरिया र इरानमा बिक्रीका लागि लैजान लागिएकोसमेत पुष्टि भएको छ ।

विमानस्थलबाट फर्काएका महिलाहरूले उजुरी दिइरहनुभएको छ । उहाँहरूलाई सिरिया, यमनजस्ता देशमा लगेर बिक्री गर्न लागेको खुलेको छ । हामीले मानव तस्करी गर्ने गिरोहमाथि अनुसन्धान थालेका छौँ ।

फर्काइएकामध्ये धेरै जना महिला छन् । उनीहरूलाई हाउसमेडको काम लगाइदिने भन्दै दलाल समूहले कुवेत र दुबई हुँदै अन्य देशमा लगेर बिक्री गर्न लागिएको अनुसन्धानमा खुलेको छ ।

‘विमानस्थलबाट फर्काएका महिलाहरूले उजुरी दिइरहनुभएको छ,’ ब्युरोका प्रमुख एसएसपी जिबन कुमार श्रेष्ठले भने, ‘उहाँहरूलाई सिरिया, यमनजस्ता देशमा लगेर बिक्री गर्न लागेको खुलेको छ । हामीले मानव तस्करी गर्ने गिरोहमाथि अनुसन्धान थालेका छौँ ।’ विदेशमा रहेका गिरोहमाथि समेत प्रहरीको सिआइबी र मानव बेचबिखन ब्युरोले छानबिन थालेको छ ।

कमजोर आर्थिक अवस्था भएका ग्रामीण क्षेत्रका महिलाहरूलाई दलाल समूहले त्यसरी रोजगारीको प्रलोभनमा खाडी देश लैजान लागेको थियो । त्यसरी गएकामध्ये धेरै समस्यामा परेको र आफूहरूले उद्धारसमेत गर्दै आएको एसएसपी जिबन कुमार श्रेष्ठले बताए ।

विमानस्थलस्थित अध्यागमन र एयरलाइन्सको समेत मिलेमतोको आशंकामा भिजिट भिसामा जाने क्रम बढेपछि प्रहरीले यस्तो धन्दा रोक्न अग्रसरता लिएको हो । प्रहरीको कडाइसँगै पछिल्लो दिनमा भिजिट भिसामा जाने क्रम रोकिएको छ । केही दिनयता भिजिट भिसामा खाडी जाने एकदमै कम केस आइरहेको विमानस्थल प्रहरी प्रमुख डिआइजी किरण राणाले बताएकी छिन् । ‘भिजिट भिसामा जानेहरू समस्यामा नपरून् भन्ने उद्देश्यले हामीले कडाइ थालेका हौँ,’ उनले भने, ‘काम विशेषले नै जान लागेकालाई दुःख दिएका छैनौँ ।’

वैदेशिक रोजगारदेखि सुन तस्करीमा जाने व्यक्तिहरूको अध्यागमनमा सेटिङ रहेको विगतमा खुल्दै आएको छ । तर, गृह मन्त्रालयले अध्यागमनका आफ्ना कर्मचारीमाथि भने छानबिन गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै