Comments Add Comment

Advertisment

SKIP THIS

गुल्मीमा हाइड्रोपावरको ड्याममा डुबेर एक युवकको मृत्यु

२२ फागुन, काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिकास्थित हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा प्युठानका एक युवकको डुबेर मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिकाको केन्द्र रहेको शान्तिपुर बजार नजिकै रहेको हाइड्रोपावरको ड्याममा आईतबार दिउँसो पौडी खेल्ने क्रममा हाईड्रोपावरभित्र छिरेर प्युठानको नौवहिनी गाउँपालिका–२ का अन्दाजी २० बर्षीय नेपालसिंह थापाको मृत्यु भएको हो ।

ड्याममा तीन जना पौडी खोल्न पुगेका र तीमध्ये थापाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी माधवप्रसाद खरेलले जानकारी दिए । मृतकको शव अहिले जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टमका ल्याइएको छ । मृतक थापा सडकको काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै