Comments Add Comment

Advertisment

SKIP THIS

आफ्नै परिवारको हत्या प्रयास गर्ने एक जना पक्राउ

५ फागुन , काठमाडौं । आफ्नै श्रीमती र छोरा छोरीको हत्या गर्ने प्रयासको आरोपमा रुपन्देहीको देवदहका व्यक्ति पक्राउ परेका छन् ।

देवदह वडा नं. ९ कालिका टोलस्थित ३९ वर्षका रामबहादुर विकलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो।

विकले गत सोमबार साँझ आफ्नै घरभित्र बसेका श्रीमती र छोराछोरीलाई भित्र थुनेर बाहिरबाट चुक्कुल लगाई घरमा आगो लगाएका थिए । घरको छानोमा आगो सल्किएर दन्किन थालेपछि घर भित्रबाट उनीहरुले हारगुहार गरेपछि गाउँलेहरू जुटेर आगो निभाई उद्धार गरिएको थियो ।

आरोपित विकलाई तत्काल पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पहिलो पटक ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै