बुटवल । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत रुपन्देहीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाएका फरार प्रतिवादी सोमबार पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ओमसतिया गाउँपालिका ४ बस्ने ४६ वर्षीय श्रीराम हरिजनलाई घरबाटै पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा प्रतिवादीलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता श्यामु अर्यालले जानकारी दिनु भयो । हरिजनलाई तत्कालिन पुनरावेदन अदालत बुटवलको २०६० माघ १ को फैसलाले जबरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजाय सुनाएको थियो ।







