Comments Add Comment

इन्स्पेक्टर डबल बमको कमाण्डमा खटिएको प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ

धादिङ , ईलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरीक्षक सहित खटिएको टोलिले धादिङबाट ४ किलो लागुऔषध गाँजाको धुलो पदार्थ (पोल्याण्ड) सहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानिखोलाबाट इन्स्पेक्टर डबल बहादुर बमको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त लागुऔषध गाँजाको धुलो पदार्थ (पोल्याण्ड) सहित बिजय घलानलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीलाई शुक्रबार प्रहरीले सार्वजनिक गरिएको थियो ।

धादिङको थाक्रे गाउँपालिका वडा नं. २ महादेववेशी स्थित आग्रा–मोरिया पक्की सडक खण्डमा प्रहरीले सवारीसाधन चेकजाँचको क्रममा मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ८ बस्ने वर्ष २९ को बिजय घलानले पिठ्युमा बोकी ल्याएको खैरो रंगको भिर्ने झोला भित्र खैरो टेपले बेरीएको अवस्थामा रहेको लागुऔषध गाँजाको धुलो पदार्थ ( पोल्याण्ड ) सहित पक्राउ गरेको इन्स्पेक्टर डबल बहादुर बमले बताए ।

पक्राउ परेका बिजय घलान विरुद्ध सम्मानित जिल्ला अदालत धादिङबाट पक्राउ मितिबाटै लागु हुने गरी लागूऔषध कसुर ऐन अन्तर्गत मुद्दामा अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी निरीक्षक डबल बमले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै