Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको बनभोज कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

( NEAPON ) , काठमाडौं जिल्ला कमिटीको आयोजनामा काठमाडौंको  उत्तरी भेगमा अवस्थित अति मनोरम स्थल बालाजु बाइसधारामा यही फाल्गुन  १३ गते शनिवारका दिन बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । 

प्रमूख अतिथिको रुपमा पूर्वमन्त्री श्री आनन्द पोखरेल तथा विशिष्ट अतिथिको रुपमा  सोही संगठनका केन्द्रीय अध्यक्ष श्री बिनोद पान्डेको उपस्थिति  रहेको उक्त कार्यक्रम,  काठमांडौ जिल्ला कमिटीका अध्यक्ष श्री कृश्नबहादुर थापाको अध्यक्षतामा संचालन भएको थियो । सो  कार्यक्रममा  भू.पू .आइजिपी श्री सैलेन्द्र खनालकासाथै केन्द्रीय उपाध्यक्ष, सदस्यहरु, काठमांडौ जिल्ला कमिटीका पदाधिकारीहरुलगाएत अन्य सदस्यहरुको पनि  उपस्थिति थियो ।

 

उक्त कार्यक्रममा  प्रमूख अतिथि पूर्वमन्त्री आनन्द पोखरेलले कार्यक्रम आयोजकलाई धन्यवाद दिंदै गौरवशाली ईतिहास बोकेको नेपाली सेना तथा प्रहरी सेवामा रहंदा देशको खातिर जसरी तन र मनकासाथ आफ्नो परिवारबाट टाढा रहेर पनि सदैब राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी बहन गर्नुभयो त्यसरी नै अवकाशपछिको जीवन पनि राष्ट्रकैखातिर समर्पीत गर्ने मन्सायकासाथ उक्त संगठनमा आवद्व हुनु भएकोमा ज्यादै खुशिकासाथ आभार ब्यक्त चाहान्छु भन्दै आगामी दिनहरुमा प्रगतिका पाइला अगाडि बढ्दै जावस भनी शुभकामना ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष श्री बिनोद पान्डेज्यूले हाम्रो यो संगठनलाई मजवुत तरिकाले अगाडि बढाउनु पर्छ । तर एक्लैले देश निर्माणको काम असम्भव भएकोले नै आज हामी मन मिल्नेहरु , देशको  बिकास चाहानेहरु एकै ठाउँमा गोलबद्व भई अगाडि बढ्नुको बिकल्प नभएको बताउनु भयो  ।

  भू.पू .आइजिपी श्री सैलेन्द्र खनालकासाथै अन्य अतिथिहरुले पनि आ- आफ्नो मन्तब्य राख्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

यसै गरी काठमांडौ जिल्ला कमिटी सदस्य श्रीकान्त भट्टराईले  आफ्नो मन्तब्य दिने क्रममा हामी आज संगठीत हुनुपरेको पार्टीको लागि मात्र नभएर हामी समग्र  भूपू सैनिक तथा प्रहरीको हकहितको लागि पनि हो र आज हामी हस्पिटल गयौं भने हामीप्रतिको व्यवहार देख्दा वाक्क दिक्क लागेर आउँछ , अनि चार सय रुपैयाँ लिनको लागि कयौं हजार खर्च गरी पुर्व मेचि र  पश्चिम महाकालीदेखि केन्द्र धाउनुपर्छ । तैपनि हामी हाम्रो सुबिधा लिनको लागि केही बोल्नै सक्दैनौ । यसको लागि हामी सम्पूर्ण एक भएर आवाज उठाउनु पर्छ भन्नुभयो ।

यसै क्रममा काठमांडौ जिल्ला कमिटीका अध्यक्ष  कृश्नबहादुर थापाले उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै भन्नुभयो : “ नेपाल राष्ट्रिय भु.पु.सैनिक/प्रहरी संगठन काठमाडौ जिल्ला कमिटीद्वारा  आयोजित बनभोज कार्यक्रममा  सहभागी यहाँहरु सबैलाई जिल्ला अध्यक्षको हैसियतले कमिटी र मेरो ब्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । साथै कार्यक्रममा सहभागी पुर्व आइजिपी सर्वेन्द्र खनाल संगठनमा आवद्ध भई सदस्यता ग्रहण गर्नु भएकोमा भविष्यमा सक्षम नेतृत्व प्राप्त हुने विस्वासका साथ हार्दिक स्वागत गर्दै बधाई ज्ञापन गर्दछु । ” भन्दै कार्यक्रमको समापन भएको थियो ।
खिमराज गिरी
९८५११९२०८८ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै