२८ आषाढ ,काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सर्वोच्च अदालतले आज गरेको फैसलालाई लिएर राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास गएका हुन् ।

सर्वोच्चको आदेशबाट बहिगर्मन निश्चित भएपछि उनी छलफलका लागि शीतलनिवास पुगेको बुझिएको छ ।

प्रधानमन्त्रीले आज राष्ट्रपतिसमक्ष राजीनामा दिन सक्ने अनुमान गरिएको थियो । तर सर्वोच्चको आदेशबाट स्वतः कामचलाउ भइसकेकाले राजीनामा दिइरहनु नपर्नेबारे कुराकानी भएको स्रोतको भनाइ छ ।