१९ वर्षीय युवतीलाई जागिर लगाइदिन्छु भन्दै दोलखाका विदुर शर्माले गरे बलात्कार -
Comments Add Comment

१९ वर्षीय युवतीलाई जागिर लगाइदिन्छु भन्दै दोलखाका विदुर शर्माले गरे बलात्कार

काठमाडौं — जागिर लगाइदिन्छु भन्दै किशोरीलाई बलात्कार गरेको आरोपमा दोलखा जिल्ला घर भई हाल भक्तपुरको बालकाेट बस्ने वर्ष ४५ को विदुर शर्माविरुद्ध दरबारमार्ग प्रहरीमा जाहेरी दर्ता भएको छ ।

दोलखाका विदुर शर्माले पीडित किशोरीलाई सङै खाना खाने भनेर काठमाडौंको सुन्धारास्थित रेस्टुरेन्टमा लगेको र कामको बारेमा कुरा गर्नुपर्छ भन्दै ठमेल स्थित बिश्वनाथ होटलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

हिजो बुधबार दिँउसो शर्माले आफ्नै गाडीमा ती युवतीलाई चढाएर होटल लगेका थिए । ती किशोरीलाई राम्रो ठाउँमा जागिर लगाइदिन्छु भन्दै शर्माले सुन्धाराबाट गाडी चढाएर ठमेलस्थित उक्त होटल लगेको प्रहरीले जनाएको छ । होटलको कोठामा पुर्‍याएपछि शर्माले किशोरीलाई ‘तिमिलाई जसरी पनि जागिर मिलाइदिउला’ भन्दै शारीरिक सम्पर्क राख्न खोजेका थिए । प्रहरीका अनुसार किशोरीले शारीरिक सम्पर्क राख्न नमानेपछि उनले बियर खुवाएर मताएपछि बलात्कार गरेका थिए ।

किशोरी बलात्कृत भएको सूचना पाएलगत्तै प्रहरीले उक्त होटलमा पुगेर घटनाको विवरण लिएको थियो । उक्त घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘किशोरी र शर्माबीच केही समय पहिलेदेखि सामान्य चिनजान सम्पर्क भएको आधारमा ती किशोरीलाई जागिर लगाइदिने प्रलोभन देखाउँदै आएका रहेछन् । बुधबार गाडीमा चढाएर किशोरीलाई लिएर होटल गएको देखिएको छ ।’ शर्माले आफ्नो र किशोरीको नक्कली नाम लेखाएर कोठा बुक गरेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पीडित किशोरीले आफूलाई शर्माले जागिर मिलाइदिने प्रलोभन देखाएर जबरजस्ती शारीरिक सम्पर्क गरेको प्रहरीलाई बताएकी छन् । एक प्रहरीले पीडित किशोरीलाई उद्धृत गर्दै भने, ‘जागिरको कुरा गर्न भनेर गाडीमा बसाएपछि कता लगेको हो मलाई थाहा दिएनन् । होटलमा पुर्‍याएपछि बलात्कार गरे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै