Comments Add Comment

Advertisment

SKIP THIS

अपराधमुक्त समाजको लागि प्रहरीलाई सहयोग गर्न आग्रह इन्स्पेक्टर : सुनार

२ चैत्र काठमाडौं । वडा प्रहरी कार्यालय नेपालगन्जमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्र जित सुनारले नागरिकले प्रहरी संगठनलाई सहयोग गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार वडा प्रहरी कार्यालय नेपालगन्जमा पत्रकार हरुसंग कुराकानी गर्दै प्रहरी निरीक्षक सुनारले भने यो प्रहरी संगठन नागरिकहरुको सुरक्षाको लागि हो यसलाई मलजल गर्नुस् हामी सबैको सुरक्षामा लाग्छौं र तपाईंहरुको सेवामा लागिरहन्छौँ।

उनले नागरिकको सहयोग विना प्रहरीले मात्र केही गर्न नसक्ने बताउँदै अपराधमुक्त समाज निर्माणका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।’गलत क्रियाकलाप गर्ने समूह÷व्यक्तिको सूचना दिएमा हामीले समाजलाई शान्त राख्न सक्छौँ उनले भने जबसम्म नागरिकहरुको सहयोग प्रहरीले पाउँदैनौं तबसम्म अपराध अनुसन्धानमा सफल भइदैन।

उनले नागरिकलाई पीडा दिने क्रियाकलाप भएमा आफूहरु नागरिकको प्रहरी हुन नसक्ने भन्दै आचरण व्यवहारमा थप सुधार ल्याउन आफू मातहतका कर्मचारीलाई निर्देशन दिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै