राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक -
Comments Add Comment

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने सविन पौडेल, कागेश्वरी मनहरा बस्ने सितेशकुमार यादव र काठमाडौं थली बस्ने रोशन रानाभाट रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । वैशाख २६ गते बिहान चलेको कक्षा १२ को कम्प्युटर साइन्सको प्रश्नपत्र आउट गरेको आरोप छ ।

प्रश्नपत्र आउट गरी काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विरुद्ध शिक्षा ऐन, २०२८ बमोजिम जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै