Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी र अदालतलाई नाममा झुक्याएर अपराधिक गतिविधि गर्दै गाेविन्द

दिब्य विंक उर्फ गाेबिन्द विसी दाङको तुलसीपुरमा कुनै ताका अपराधी गतिविधिमा चर्चित नाम हाे ।दिउँसै खुकुरी हान्ने ,ठेक्कामा दादागिरी मञ्चाउने,अपहरण ,फिराैति,धम्की जस्ता उनका गतिविधिले नागरिक मात्रै हाेइन प्रहरी प्रशासन समेत हैरान भएको थियो । अपराधीक गतिविधिमा गाेविन्द बिकले चिनिए पनि उनको वास्तविक नाम भने दिव्य बिक रहेको छ ।नागरिकतामा दिव्य बिक नाम रहेपनि देशका विभिन्न ठाउँमा जारि उनको मुद्दामा गाेबिन्द बि.क नाम बाट मुद्दा चलेका छन् ।

रुकुम घर भएका उनको पक्राउ पुर्जि दाङ तुलसीपुर वडा नम्बर सात ठेगानामा प्रहरीले पत्राचार गर्दै आएको छ ।खासै चर्चामा नआउने तर चुपचाप आतंक मञ्चाउने गाेविन्दलाई प्रहरीले पक्राउ गर्दै छाड्दै गरेको पाइन्छ । अन्दाजी पाँच,सात वर्ष अगाडि दैलेखमा ज्यान मार्ने उद्योगमा उनलाई पक्राउ गरिएको थियोे ,त्यहाँ उनी केही दिन हिरासत बसेर निस्केका थिए ।अचम्म त के छ भने जिल्ला प्रहरी कार्यालय दैलेखले २०७१ भाद्र ९ गते जारि गरेको पक्राउ पुर्जीमा समेत गाेविन्द बिक तुलसीपुर वडा नम्बर ७ उल्लेख छ ,उनको वास्तविक नागरिकताकाे नाम दिब्य विक भएको प्रहरीलाई समेत थाहा छैन ।जिल्ला अदालत दैलेखमा समेत गाेविन्द बिककाे नाममा मुद्दा चलेको थियोे ।स्रोतका अनुसार सुर्खेतमा एउटा ठेकेदारलाई चन्दा माग्दै गाेलि हानेको काण्डमा पनि गाेबिन्दकाे हात रहेको बताइन्छ ।

स्रोतका अनुसार इप्रका दाङको तुलसीपुरमा पनि उनको मुद्दाहरु छन् ।तुलसीपुरमा दिउँसै बिराट भन्ने व्यक्तिलाई खुकुरी हानेर फरार भएका गाेबिन्दकाे अपराधी श्रृङखलाहरु थुप्रै छन् ।ठाउँ परिवर्तन गरेर अपराधीक गतिविधि संचालन गर्दै आएका गाेविन्दलाई हत्तपत्त पक्राउ गर्न प्रहरीलाई आधार पनि छैन ।किन भने उनको मुद्दा गाेबिन्द विककाे नाममा दर्ता हुन्छन् तर नागरिकता अनुसार उनी दिब्य बिक हुन ।पछिल्लो समय उनलेे विभिन्न पेशामा संलग्न व्यक्तिलाई विभिन्न काेण बाट धम्काउदै फिराैति माग्न थालेका छन् ।दाङका एक व्यवसायीले नाम नबताउने सर्तमा भने अनुसार आफुलाई पाँच लाख रुपैया घुमाउरो तरिकाबाट मागेको बताए ।स्रोतका अनुसार उनी खुलेयाम अहिले पुरानै गतिविधि व्यूताउदै छन् ।हाल गाेबिन्द दाङ ,काठमाडौ ,नेपालगन्ज आधार बनाएर गतिविधि गर्दै आएका छन् ।निर्वाद रुपमा उनी विदेश जाने आउने पनि गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै