Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको ग्वार्कोबाट सालकको खपेटासहित दुई जनालाई प्रहरीले पक्राउ

ललितपुरको ग्वार्कोबाट सालकको खपेटासहित दुई जना पक्राउ परेका छन्।

आइतबार बिहान १० बजे ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्दी बिक्रम शाहले जानकारी दिए।

पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका-९ घर भई गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुंगा र गोदावरीको थैब बस्ने ३५ वर्षीय सुरज तामाङ छन्।

उनीहरूबाठ ५५० ग्राम खपेटा बरामद भएको हो। सालकको खपेटा बेचबिखन गर्न हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

थप अनुसन्धान गर्न दुबै जनालाई डिभिजन वन कार्यालयमा बुझाउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै