नेपाल प्रहरीका दुई डीआईजीकाे काज सरुवा : उपत्यका ट्राफिकमा पोखरेल, विशेष ब्यूरोमा जोशी
नेपाल प्रहरीले आफ्ना दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले डीआईजीद्वय पोषराज पोखरेल र रामदत्त जोशीको काज सरुवा गरेको हो ।

प्रहरीको केन्द्रीय प्रवक्तासमेत रहेका डीआईजी पोखरेललाई उपत्यका ट्राफिक कार्यालयमा सरुवा गरिएको छ। त्यहाँ कार्यरत मीरा चौधरी एआईजीमा बढुवा भएपछि ट्राफिक कार्यालय प्रमुखविहीन भएको थियो।
यस्तै डीआईजी जोशीलाई विशेष ब्यूरोमा सरुवा गरिएको छ। ब्यूरोमा कार्यरत सुदीप गिरी एआईजीमा बढुवा भएपछि ब्यूरो रिक्त थियो। जोशी यसअघि अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए।







