Comments Add Comment

Advertisment

SKIP THIS

बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ

१३ साउन , काठमाडौँ । बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् ।

विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) बाट खटीएको प्रहरी टोलिले हिजो खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ ।

विश्वकर्माको बालयौन दुरुपयोग मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरीवाना भई लगत नं. १२१२ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै