Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले तनहुँको आँबुखैरेनीबाट लागुऔषध सहित एक युवकलाई पक्राउ

काठमाडौं । तनहुँको आँबुखैरेनीबाट प्रहरीले लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–९ बुच्चाखानी घर भएका २२ वर्षीय बिबश गुरुङ छन् । मंगलबार पक्राउ परेका गुरुङको साथबाट ६७५ ट्याब्लेट नाइट्राभेट बरामद गरिएको आँबुखैरेनीका इन्स्पेक्टर गायत्रीराज शर्माले जानकारी दिए ।

मुग्लिङ तर्फबाट आबुखैरेनी आउँदै गरेको ग.१ ख १९४६ नम्बरको बसलाई चेकजाँच गर्दा गुरुङको साथमा लागुऔषध भेटिएको थियो । आरोपी विरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार म्याद लिएर इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै