३ वैशाख ,काठमाडौ । कानको झुम्का हातको घडी , बोकीरहेको आइफोन र लगाएको लुगा सब आफैँले आफ्नै पौरखको कमाइले किन्नेहरु धेरै छन् समाजमा । आफ्ना रहर आफैँ पुरा गर्न सक्ने , आजसम्म आफ्ना लागि कसैको ‘ कृपा ‘ को भिक नमाग्ने , आफनो सफलताको सम्पूर्ण श्रेय सिर्फ आफैलाई दिने महिला हरु धेरैछन् समाजमा ।
चेलीबेटीहरु , फलानो चिज कसले किन्दियो रु रातिसम्म के काम हुन्छ रु कसले यहाँसम्म पुर्यायो रु यी सब सामान्य प्रश्न हुन् हाम्रो सङ्घर्षका बाटोमा सोधिने । तिमी सधैँ ‘ आफ्नो क्षमता र उडानमा ‘ विश्वास राख्नू । यो संसारमा सबथोक बिकाऊ हुँदैनन् । सबैलाई मन पर्ने गायक प्रकाश सपूत मलाई मन पर्दैनन् ।
उनका अधिकांश गितहरुमा महिलालाई मात्र किन कमजोर देखाइएको छ रु उनका अधिकांश गितहरुमा महिलालाइ मात्र बेइज्जतको पात्र भनेर किन देखाइन्छ रु हालसालै निस्किएको उनको गित यतिबेला सामाजिक संजालमा खुब भाइरल छ , हुन त हामी भाइरल दुनियाँको मान्छे हौँ खैर , महिलाको कुनै इज्जत छैन्न रु के महिला त्यो फूलमाया जस्तै भन्दा अरु कुनै काम गर्न सक्दैनन् ? नारिको इज्जत नै छैन भन्ने सन्देश दिने प्रकाश सपुतलाइ म बहिस्कार गर्दछु ।


