Comments Add Comment

Advertisment

SKIP THIS

एआईजी श्याम ज्ञवालीद्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरको विभिन्न शाखाहरुको निरीक्षण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पुर्ण संयन्त्रहरुले प्रत्यक्ष निगरानी गरि रहने हुनाले संयमित भई उत्कृष्ट ढङबाट कार्य सम्पादन गर्न र प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीलाई समान व्यवहार गर्न निर्देशन दिनुभयो ।

सोहि क्रममा परिसर ललितपुर तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनुका साथै प्रहरी संगठन प्रति बफादर रहि कानून सम्मत ढङ्गबाट निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत निर्देशन दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै