Comments Add Comment

Advertisment

SKIP THIS

मेयर साम्पाङले बैठक बहिष्कार गरेर भाँडभैलो मच्चाउने वडाध्यक्षहरुको फेरि मागे राजीनामा

७ वैशाख , काठमाडौ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले बिना कुनै कारण महिनैदेखि कार्यपालिका बैठक बहिष्कार गर्ने वडाध्यक्षहरुलाई राजीनामा बुझाएर मार्ग प्रशस्त गरेर धरानवासी र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

वडाध्यक्षहरुले कार्यपालिका बैठक बहिष्कार गरेर जनताको सुशासन र विकासमाथि खेलवाड गरेको, कर्तव्यबाटच्यूँत भएको भन्दै बिहीबार मेयर साम्पाङले उनीहरुलाई नैतिकताका आधारमा तुरुन्त राजीनामा दिन अनुरोध गरेका छन् ।

मेयर साम्पाङद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु । कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

उनले वडामा के कति प्रगति भए भन्ने विवरणलाई लिएर भाँडभैलो गरिरहनुपर्ने आवश्यकता नरहेको पनि बताएका छन् । तर, त्यहिँ विषयलाई लिएर वडाध्यक्षहरुले उनीमाथि असहमति जनाउँदै बैठक बहिष्कार गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment