Comments Add Comment

Advertisment

SKIP THIS

सामाजिक सञ्जाल फेसबुकबाट महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका-८ का ३७ वर्षीय शम्भु कार्की छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले एक महिलालाई आफ्नो नामको फेसबुक आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाएका थिए।

साथी बनेपछि उनले म्यासेन्जर च्याटमार्फत कुराकानी गर्दै जाने अश्लील भिडियो, फोटो महिलाका आफन्तजन, घरपरिवारका सदस्यहरुलाई पठाइदिन्छु भनी धाकधम्की दिएर रकम माग गरेका थिए।

उनलाई आपराधिक लाभ ( एक्सर्टसन) सम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको एसपी राठौरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै