काठमाडौं– कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ।
वैशाख १ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको आइतबार बिहान मृत्यु भएको हो।
वडाध्यक्ष अधिकारीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर उपचारको क्रममा मृत्यु भएको कीर्तिपुर वृत्तका डीएसपी राजु लामाले जानकारी दिए।
वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइमा गएर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए। ओरालोमा ब्रेकफेल भएपछि उनी दुर्घटनामा परेका थिए। त्यसयता उपचाररत उनको मृत्यु भएको हो।




