Comments Add Comment

Advertisment

SKIP THIS

धनुषा प्रहरीद्वारा अनलाइन ठगी गर्ने ६ जनालाई पक्राउ : पत्रकार सम्मेलन गरेर सार्वजनिक

काठमाडौं । धनुषा प्रहरीले अनलाइन ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका–१ का ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका–३, लग्माका २५ वर्षीय रंजित नुनिया,जनकपुरधाम उपमहानगरपालिका–१७ का ३३ वर्षीय अन्देश महतो, जनकपुरधाम–१६ का पप्पु पूर्वे, वडा नम्बर १२ का ४८ वर्षीय उसवान अन्सारी र सोही ठाउँका २० वर्षीय मोहमद जिलानी साफी रहेका छन् ।

उनीहरूले अमेरिकन टलविन लाइफ नेटवर्किङ ब्राउजरबाट एक हजार ९१ जनालाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो व्यक्तिहरूबाट चार हजार ५ सय नेपाली रुपैयाँको दरले करिब ४९ लाख ९ हजार ५ सय रुपैयाँ रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार प्रतिव्यक्तिबाट ३० रुपैयाँ अमेरिकी डलर लिएर चयनमा जोड्ने र अन्य व्यक्तिलाई पनि नेटर्वकिङमा आबद्ध हुन उनीहरूले प्रलोभन दिने गरेका थिए । सोबापत पहिलो व्यक्ति प्रत्यक्ष सदस्य बनाउनेले ५० प्रतिशत कमिसन आउने गरेको थियो भने बाँकी कम्पनीलाई जान्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै