Comments Add Comment

Advertisment

SKIP THIS

खानेकुरा देख्दा किन आउँछ मुखमा पानी ?

१२ वैशाख , काठमाडौ । सामाजिक सञ्जालको भित्तामा मनपर्ने स्वादिष्ट परिकारको तस्वीर देख्दा वा खानेकुराको कुरा गर्दा मुखमा पानी आएको हामीले अनुभव गरेकै हुन्छौं । अझ भोक लागेको बेला त खानेकुराको परिकार सम्झिंदा नै मुख रसाउँछ ।

ठाउँ र समय विशेषले खासै प्रभाव नपार्ने यस किसिमको महसुस हामीलाई जुनसुकै बेला हुन्छ । कुनै पनि खानेकुरा देख्ने बित्तिकै मुखमा पानी आउनु स्वभाविक रहेको पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् । उनका अनुसार खानेकुराको कल्पना गर्दा दिमाग र इन्जाइमहरुबीच एक किसिमको प्रतिक्रिया हुन्छ, जसले खानेकुराको माग गर्नमा भूमिका खेल्छ । र, हामीलाई भोक लाग्छ ।

‘खाना पचाउने तीन चरणमध्ये सुरुको अवस्थालाई सेफालिक फेज भनिन्छ । सेफालिक फेजमा कुनै पनि खानेकुरा सोचेमा वा देखेमा मस्तिष्कलाई उत्तेजित गर्ने किसिमको रसायन सक्रिय हुन्छ,’ उनी भन्छन्, ‘मस्तिष्कले संकेत पहिचान गरी र्‍याल ग्रन्थिहरूलाई उत्तेजित पारेर एसिटाइलकोलिन ९एक किसिमको रसायन० रिलिज गर्छ र मुखमा सलाभरी एमआइलेज ९र्‍याल० निस्कन्छ । जसकारण खानेकुरा देख्ने बित्तिकै मुख रसायो वा पानी आयो भन्ने गरिन्छ ।’

मुखमा र्‍याल आउनु खाना पचाउन तयार रहने सामान्य प्रक्रिया पनि हो । मुखमा आउने र्‍यालले नै खानाको २० प्रतिशत भाग मुखमा नै पचाउन मद्दत गर्छ । र्‍यालमा हुने इन्जाइमहरुले नै खानालाई टुक्र्याउन र पचाउन मुख्य भूमिका खेलिरहेका हुन्छन् । त्यति मात्र नभई मुखमा आउने र्‍यालले नै खानेकुराको मज्जा लिन मद्दत गर्ने डा। भण्डारी बताउँछन् ।

र्‍याल कम आउनु रोगको संकेत

यद्यपि, कुनै पनि खानेकुरा देख्ने बित्तिकै मुखमा र्‍याल नआउनु र मुख अरु बेलामा पनि सुख्खा हुनु भनेको कुनै रोगको संकेत हुन सक्ने डा। भण्डारी बताउँछन् । ‘कतिपय रोग र औषधिले र्‍याल ग्रन्थिमा असर गर्छ, जसले मुख सुख्खा हुने गर्छ,’ उनी भन्छन् ।

उनका अनुसार मधुमेह, स्ट्रोक, अल्जाइमर, एचआईभी÷एड्स जस्ता रोग लाग्दा र्‍याल कम उत्पादन हुन्छ । बुढ्यौली लाग्दै जाँदा मुख सुख्खा हुने अनुभव धेरैले गर्छन् । डिप्रेसन, उच्च रक्तचाप र चिन्ताको उपचार गर्न प्रयोग गरिने केही औषधिको प्रयोगले पनि मुख सुख्खा गराउन सक्छ ।

दीर्घरोगको औषधि सेवनसँगै शरीरको क्षमतामा परिवर्तन, अपर्याप्त पोषण र दीर्घकालीन स्वास्थ्य समस्याले मुख सुख्खा हुने गर्छ ।

मुख हुँदा कुनै पनि खानेकुराको पहिलाको जस्तो स्वाद नहुने, गिजा, जिब्रो र मुखमा रहेका अन्य तन्तु सुन्निने र असहज हुने गर्छ, जसले मुखमा हानिकारक जीवाणुको वृद्धि गराई श्वास गन्हाउने, दाँत तथा गिजासम्बन्धी रोग निम्त्याउने डा। भण्डारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment