Comments Add Comment

Advertisment

SKIP THIS

अजरबैजान पुर्‍याएर ठगी गरेको आरोपमा मानव बेचबिखन ब्यूरोले एक जनालाई पक्राउ

काठमाडौं । अजरबैजानमा अलपत्र पारेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

अजरबैजान पुर्‍याएर अलपत्र पारेर ठगेको आरोपमा एक जनालाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रवक्ता एसपी कृष्ण पंगेनीले जानकारी दिए।

ब्युरोले दाङ लमही नगरपालिका-५ बस्ने २५ वर्षीय भिमकुमार सुनारलाई पक्राउ गरेको हो।

उनले पीडितलाई अजरबैजानमा होटलमा मासिक ७ सय डलर तलब हुने भन्ने प्रलोभनमा पारेका थिए।

त्यसरी पठाइदिने भन्दै साढे ८ लाख लिएर ५ महिना अलपत्र पारेको भन्ने उजुरी वैदेशिक रोजगार विभागमा परेको थियो।

विभागबाट पक्राउ गरिदिन पत्राचार गरेपछि ब्युरोले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

थप अनुसन्धानको लागि उनलाई विभागमा पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै