Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी प्रभाग बुढानिलकण्ठले ठुलो मात्रामा लागुऔषधसहित ३ जनालाई पक्राउ

काठमाडौं – बुढानीलकण्ठ क्षेत्रमा लागुऔषध कारोबार गर्ने तीनजना पक्राउ परेका छन्। विशेष सूचना पश्चात तत्काल प्रहरी प्रभागका इन्सपेक्टर दीपेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलिले धादिङका सुदर्शन दाहाल, काठमाडौँका संसार सिटौला र प्रबिना शाहीलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २०३ एम्पुल डाईजापाम, फेनेरगन २१४ एम्पुल, नुफिन २०२ एम्पुल, निट्राजेपाम ७०९ ट्याब्लेट, ३ वटा मोबाईल फोन र ५० हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।

लागु औषधसहित पक्राउमा परेका ब्यक्तिहरु उपर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भई रहेको चन्दले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै