१८ वैशाख , काठमाडौ । विश्व साइकल यात्री पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयत्रमा आफूलाई छिर्न नदिइएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाका उपाध्यक्ष एवं सांसद डीपी अर्यालले भेटका लागि बोलाए पनि गेटपालेले साइकल लिएर गएकाले नदिएको उनले लेखेका छन् ।
रास्वपाको कार्यालयमा मोटरसाइकल र गाडी प्रवेश गर्नका लागि अनुमति भए पनि साइकलका लागि अनुमति नभएको पनि भनेका छन् । आफूलाई भित्र छिर्न नदिइएपछि अर्याललाई फोन गरे पनि नउठेपछि घर फर्किएको उनले लेखेका छन् ।
उनले लेखेको स्टाटस जस्ताको तस्तैः
‘घन्टी घरको कथा ‘
माननीय डि पि अर्यालः राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले
चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु पर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँः फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी





