Comments Add Comment

Advertisment

SKIP THIS

ओलीसँग भेटेपछि प्रधानमन्त्री प्रचण्डले भने-‘हामी मिलेरै अगाडि बढ्छौँ’

५ फागुन , काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो । भेटपछि फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले आफूहरू एकै ठाउँमा रहेको र राष्ट्रपतिका बारेमा एक–दुई दिनभित्रै सहमति गर्ने कोसिस भइरहेको बताए।

उनले भने, “गठबन्धन कायमै छ, हामी सहमतिमै छौँ, हामी मिलेरै अगाडि बढ्छौँ, सत्ता साझेदार सरकार चलिरहेको छ, गठबन्धन टुट्ने–भत्कने कुरै छैन । यसलाई अझ कसरी राम्रो बनाउने भनेर लागिरहेका छौँ ।”

एमाले अध्यक्ष ओलीले भने प्रधानमन्त्री दाहालसँग पाँच वर्ष नै यही गठबन्धनलाई कायम राख्नुपर्ने र राष्ट्रपतिको सन्दर्भमा पुस १० गते भएको गठबन्धनको सहमतिलाई कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेको ओलीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गएपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिमा सहमति जुटाउनेबारेमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले राष्ट्रपति सबै दलको सहमतिमा चयन गर्ने बताउँदै आएका छन् भने अध्यक्ष ओलीले पुस १० को सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्ने अडान राख्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment