Comments Add Comment

Advertisment

SKIP THIS

स्वार्थी, फटाहा र बुद्धि नभएकाले राजतन्त्र मान्छन् : ओली

१७ वैशाख , काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र भनेको स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै मान्ने बताएका छन् । आइतबार पार्टी निकट अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थी तत्वहरु विकाउ माल भएको भन्दै उनीहरुलाई एकहप्ता दश दिनका लागि किन्न सक्ने र त्यस्ता तत्वहरुले राजतन्त्र मान्ने गरेको बताए ।

राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन्’ ओलीले भने, ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ । स्वार्थी फटाहाले । कि मूर्खले मान्छ । राजतन्त्र मान्ने दुई खालको मान्छे हुन्छन् । कोही कोही अज्ञानीमा पनि मान्छन् । तीन खालकै भनौँ । एकथरी अज्ञानी हुन्छन् । बिचरा केही पनि बुझ्दैनन् । त्यसकारण मान्छन् राजतन्त्र । अर्को थरी स्वार्थ, साधना गर्नका लागि मान्छन् । दलालहरूले मान्छन् । बुद्धि नभएकाहरूले मान्छन् ।

जन्मिँदैखेरि यस्तो हुनुपर्छ भनेर । अव स्वार्थी तत्त्वहरू र बिकाऊ मालहरूले मान्छन् । तिनलाई केही पनि छैन । अलिकति थोरैमा एक दिनका लागि, एक छिनका लागि, एक हप्ताका लागि, १० दिनका लागि जतिका लागि पनि किन्न सक्छ मान्छेले । अपराध कर्मका लागि । त्यस्ता तत्त्वहरूले मान्छन् ।’

पहिचानको नाममा अराजनीतिक गतिविधि गरेर आफूमाथि ढुङ्गामुढा गरेको भन्दै ओलीले यस्तो क्रियाकलापमा ज्ञानेन्द्र शाह र उनका परिवारको पनि संलग्नता देखिएको आरोप समेत लगाए । ‘हामी झापा, पाँचथर, तेह्रथुमको कार्यक्रममा जाँदैगर्दा बाटोमा केही गुण्डा प्रवृत्तिका अराजनीतिक व्यक्तिहरुले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने जस्ता कुराहरु गरे’ ओलीले भने, ‘यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको देखिएको छ । अनेकमार्फत देखिएको छ । यहाँ भित्रभित्र पूर्व दरबारियाहरु छौंडा खेलाएर पनि यस्तो काम गरिरहेका छन् ।’

उनले सत्तामा हुने पार्टीका कार्यकर्ता आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डतामा लागेको भन्दै अराजकता मच्चाउदा पनि सरकार मुकदर्शक बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment