Comments Add Comment

Advertisment

SKIP THIS

चिनीमा केमिकल राखेर मह बनाई ठगी गर्ने पवन सत्याललाई प्रहरी प्रभाग बुढानीलकण्ठले पक्राउ

काठमाडौं – अखाद्य मह उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बुढानीलकण्ठले सोमबार बुढानीलकण्ठस्थित गार्डेन एपिअरी उद्योग प्रालिमा छापा हानी सञ्चालक पवन सत्याललाई पक्राउ गरेको हो ।

उनले उद्योगमा अस्वस्थकर मह बनाउने गरेको प्रहरीको दाबी छ । चिनीमा केमिकल राखेर मह बनाउँदै आएको पुष्टि भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनको उद्योगबाट सात सय बट्टा तयारी मह तथा ४० बाल्टिन कच्चा पदार्थ बरामद गरिएको बुढानीलकण्ठ प्रहरी प्रभागका इन्स्पेक्टर दीपेन्द्र चन्दले जानकारी दिए। पक्राउ परेका सत्यालमाथि सामाजिक अपराध ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै