सर्लाहीमा युवकको काटिएको टाउको भेटियो : पुरा शरिर अझै भेटिएन -
Comments Add Comment

सर्लाहीमा युवकको काटिएको टाउको भेटियो : पुरा शरिर अझै भेटिएन

२५ साउन ,काठमाडौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि अज्ञात युवकको टाउको मात्रै फेला परेको छ ।

बिहीबार बिहान स्थानीयले खोलाको बगरमा घाँटीबाट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीमा खबर गरेका थिए ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी नायव उपरीक्षक थारुका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको जस्तो देखिन्छ । घटनास्थलमा अहिले प्रहरी उपरीक्षक नरेशराज सुवेदी आफै पुगेर अनुसन्धान थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment