Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरीबाट अपहरण परेको बालकलाई दुई दिनपछि प्रहरीले भारतबाट सकुशल उद्दार गर्न सफल

काठमाडौं – सुनसरीको दुहबीबाट अपहरणमा परेका बालकलाई प्रहरीले दुई दिनपछि भारतबाट सकुशल उद्दार गरेको छ । गाईं फर्म सञ्चालन गर्ने कृषक बिन्देश्वर यादवको छोराकाे अपहरणको दुई दिनपछि भारतबाट उद्दार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार आइतबार बेलुका करिब ६ बजे सुनसरी भोक्राहानरसिंह गाउँपालिका– ७ घर भई दुहबी नगरपालिका– ११ बुगडरी बस्दै आएका यादवको ११ वर्षीय छोराको अपहरण भएको थियो ।

बेलुका फर्मबाट यादव निस्किएको बेला बिआर०९आर०७९६ नम्बरको स्करपिओ उनको फर्ममा पुग्यो । सोही स्करपिआमा पुगेको पाँच जनाको समूहले बालकलाई लिएर गयो । विन्देश्वरको फर्ममा आउजाउ गरिरहने एक व्यक्तीले बालकलाई नास्ता खुवाउने भन्दै गाडीमा हालेर लगेको एसपी ढकालले बताए ।

बिन्देश्वर फर्ममा आइपुग्दा छोरा थिएनन् । बाहिर कतै गएको होला भन्दै चिन्ता गरेनन् । अबेरसम्म नआएपछि आफन्त र साथीभाईकोमा खोजी गरे । कतै छोरो पुगेको जवाफ पाएनन् । भोलिपल्ट विहानैदेखि उनी छोराको खोजीमा थिए । सोमबार विहान साढे ९ बजे ह्वाटसएपमा फोन आयो,‘तिम्रो छोरा हामीसँग छ, २५ लाख(भारु) रुपैयाँ लिएर आउ ।’ फिरौती नदिए र बाहिर हल्ला गरे बालकलाई मारिदिने धम्की दिए ।

छोरो अपहरणमा परेको थाहा पाएपछि बिन्देश्वरले प्रहरीलाई खबर गरे । प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबी र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली खटियो । टोलीले अपहरणमा परेको निष्कर्ष निकालेपछि प्रदेश प्रहरीको ¥यापिड इन्भेष्टीकेटिभ टिम ‘रिट’ को टोली पनि खटियो । प्राविधिक अनुसन्धान गर्दा अपरहणकारीको लोकेशन भारतको सीमावर्ती जिल्ला समस्तिपुरको एकडेरा एरीयामा देखियो । बालकको बुबालाई फोन गरेर अपहरणकारीले फिरौती रकम ल्याउनु भनेको क्षेत्र पनि त्यहीँ थियो ।

सुनसरीबाट सोमबार नै प्रहरी टोली सो क्षेत्रमा पुग्यो । भारतीय प्रहरीको सहयोगमा मंगलबार विहान साढे ६ बजे अपहरणकारीको घरबाटै बालकलाई प्रहरीले उद्दार गर्यो ।

बालकलाई अपरहरणकारीकै घरबाट उद्दार गरिएको एसपी प्रभु ढकालले बताए । विहान साढे ६ बजे उद्दार गरी बालकलाई सोही दिन दिउँसो इनरुवा ल्याएर परिवारको जिम्मा लगाइएको थियो । ‘हाम्रो पहिलो लक्ष्य बालकको सकुशल उद्दार गर्नुथियो, त्यसमा सफल भयौं,’ ढकालले भने,‘ बालकको उद्दारका लागि भारतीय प्रहरीको जिल्ला तहमा समन्वय ग¥र्याैं ।’
अपहरणकारीको पनि पहिचान भइसकेको उनले बताए । ‘अपहरणकारीको पहिचान भइसकेको छ, हामी खोजी गरिरहेका छौं,’ उनले भने,‘ पक्राउ परेपछि थप विषय खुल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै