Comments Add Comment

Advertisment

SKIP THIS

पुर्वआईजीपी धिरज सिंहको खास मान्छे हुँ भन्दै ठग्ने  पत्रकार भण्डारी विमानस्थलबाट पक्राउ

काठमाडौँ । सरकारी कागजात कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन । सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका मदनबाबु भण्डारी केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनले भने भण्डारीको बारेमा सरकारी कागजात कीर्तेको उजुरी परेको र सोही क्रममा अनुसन्धानका लागि पक्राउ गरिएको बताए । भण्डारी पोखराबाट काठमाडौँ फर्किने क्रममा पक्राउ परेका हुन ।

गुल्मी नै स्थायी घर भएका भण्डारी लामो समयदेखि सुरक्षा बिटमा कार्यरत पत्रकार हुन । उनी पछिल्लो समय प्रमुख प्रमुख कुँबरको निकै नजिक रहेर सूचना सम्प्रेषण गरिरहेका थिए । केही दिनअघिदेखि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बारेमा पनि उनले पक्राउ हुनु अघि नै पुर्जी जारी हुँदै लगायतका सूचना सम्प्रेषण गरिरहेका थिए । गुल्मी जाँदा प्रहरी प्रमुखको गाडीमा सँगै गएका भण्डारी फर्किदाँ भने घर जानै नपाइ विमानस्थलबाटै हत्कडी लगाएर सीधै हिरासतमा पुगेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै