उपत्यका भित्र चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ -
Comments Add Comment

उपत्यका भित्र चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

काठमाडौँ । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका भुवन श्रेष्ठ र चितवनका राजकुमार विश्वकर्मा रहेका छन् । दुबै जना राजधानीको बाफलबाट पक्राउ परेका हुन् ।

उनीहरुले काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका वडा नम्बर ३ घर भई ग्वार्को मिनि मार्केट नजिकै डेरा गरी बस्ने बर्ष २७ की सुमित्रा तामाङको डेराकोठाबाट धनमाल चोरी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुलाई बरामद सामानहरु सहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै