३० वैशाख , काठमाडौ । नेकपा (माओवादी केन्द्र)का सहायक संगठन वाइसीएल नेपालका अध्यक्ष शुबोधराज शेर्पालीले लडाकु शिविर ९क्यान्टोनमेन्ट०को छानबिन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।
वाइसीएल नेपाल लगायत माओवादी निकट जनवर्गीय संगठनहरुले पछिल्लो चरण सरकारले सुरु गरेका भ्रष्टाचार विरोधी अभियानमा ऐक्यवद्धता जनाउँदै बानेश्वरमा भएको सभामा सम्बोधन गर्दै अध्यक्ष शेर्पालीले गणतन्त्र प्राप्ति आन्दोलनमा होमिएका जनमुक्ति सेनाहरुलाई पटकपटक क्यान्टोनमेन्टको कुरा निकालेर अपमान गर्ने काम भइरहेकोले यसको सत्य तथ्य छानबिन गर्न माग गरेका छन् ।
सरकारले नक्कली भुटानी शरणार्थी बनाएका ठुला नेताहरूलाई कानुनको कठघरामा उभ्याउदै गर्दा क्यान्टोनमेन्टको कुरा निकालेर कांग्रेस एमालेका नेताहरूले जनताको ध्यान अर्कैतिर मोड्न खोजेको भन्दै उनले क्यान्टोनमेन्टको छानबिन गरेर जनतामा परेको भ्रम चिर्नु पर्ने बताए ।
उनले भने तात्कालिन समयमा सरकारले नै लडाकु शिविर व्यवस्थापन समिति बनाएर पारदर्शी ढंगले सेना समायोजन काम सम्पन्न गरेका थिए तर कांग्रेस एमालेका नेताहरूले अरु कुनै खोट नपाएर जतिखेर पनि क्यान्टोनमेन्टको कुरा निकालेर माओवादीलाई पटकपटक अपमान गर्ने काम गरिरहेका छन् ।
यदि उनीहरुको आरोप सत्य हो भने पनि जोकोही दोषी देखे कारबाही गर्नुपर्छ । सरकारले भ्रष्टचार विरुद्धको अभियान रोक्नु हुदैन ।
नक्कली भुटानी शरनार्थी बनाएको आरोप पछि फरार भएका एमाले नेता टोप बहादुर रायमाझीलाई एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले आफ्नो निवास बालकोटमा लुकाएर राखेकाले एकदिन वाइसीएल नेपालले घिसारेर ल्याउने ल्याकत राख्ने बताए ।
उक्त सभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वाइसीएल फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा९दिपशिखा०, अर्का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ, राजन दाहाल, मिना लामा लगायतका नेता कार्यकर्ताहरुको सहभागी थिए ।



