Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीबाट सशस्त्र प्रहरीले ८ लाख रुपैयाँ र भारतीय नम्बरको मोटरसाइकल बरामद

सर्लाही / मलंगवा नगरपालिका-८ भन्सार इलाकाबाट शनिबार सशस्त्र प्रहरीले ८ लाख रुपैयाँ र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपाल ल्याउँदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँ बरामद गरेको हो।

नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ।

यसैगरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका-५ स्थित सखुअवाबाट २० किलो गाँजासहित एउटा भारतीय मोटरसाइकल आइतबार बरामद गरेको छ।

बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाइकल सोही ठाउँमा छाडेर चालक फरार भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै