Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय १६ औ कविता ”उ र म” सार्बजनिक

आज म आफैमा दु:खेँ
मलाई लाग्छ उ पनि म सगै
आज दुख्नु पर्छ किनकि
उ म जस्तै हो र म उ जस्तै।

तथापि उ मसगै आफै दुखेन
मेरो सोचाई जस्तो भएन
उ मेरो सोच अनुसार गएन
किनकि उस्मा म छैन
उस्का जिजिबिशा फरक छन्।

संसारमा जीवन फरक छ
जीवनभित्र संसार फरक छ
उ र ममा पनि फरक छ
खाली म आफैमा भूलमा छु
किनकि म उस्लाई आफ्नै देख्छु
र आफै अनुकूल देख्न खोज्छु।

म जीवनशैलीमा समानता देख्छु
उ म भन्दा भिन्न देखिन खोज्छ
कहिले समय उस्का लागि बजिदिन्छ
कहिले समय मेरो निम्ति बजिदिन्छ
समान समयमा कहिले उ रून्छ
कहिले समानरूपले म दुख्छु
समयले आशुलाई स्थापित गरिदिन्छ।

म उसंग सम्बन्ध बनाउन खोज्छु
उ मबाट फरक आफैलाई देख्छ
अनि मबाट भाग्ने उपाय गर्छ
कहिले मसंग नजिक हुन खोज्छ
म उ संग पर भाग्ने उपाँय गर्छु
समयसगै उ र म एक्लै छौ।

समय एउटै जस्तै देखिन्छ
तर मेरो लागी आज फरक छ
उस्का लागी समय बजिदिन्छ
आज म मेरो समय कुरिरहेछु
फरक समय उस्को भन्दा फरक
समय मात्रै मेरोलागि बज्नुपर्छ
किनकि उ र ममा रहेको भिन्नता
समयमा छ यस्को सोचमा छ।

यो कविताको लेखक नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरे हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै